निबन्ध- सुविधा वन्चित समुहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार
सुविधा वन्चित समुहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार समयकाे लामो झरी देखि नै हाम्राे प्रजातिले जीवनकाे यात्रा गर्दै आएको छ। मानव सभ्यताको विकासले संसार परिवर्तनलाई जन्म दिएको हो । हजाराैं काल पहिला देखि नै मानिसले आफ्ना जीवनशैलीलाई सरल र सहज बनाउने पर्यन्तमा अद्भुत रचनाहरू गर्दै आएको छ। यही बिच जब जीवन सरल हुदै गयाे र समाज विकासकाे पथमा बढ्दै गयो तब विकासित समाजले नै सुविधा सम्पन्न समाजलाई जन्म दियाे । सुविधाको जन्मकाे माध्यम केवल शिक्षा थियाे । शिक्षाले मान्छेमा भएको बुद्धिकाे सहायताले नयाँ रचनाकाे माध्यम जन्मायाे जसले जीवनलाई सरल बनायाे र यसैले सुविधालाई अर्थ पनि दियाे । अहिलेको आधुनिक युगमा यसको अर्थ विपरीत भएको देखिन्छ । किनकि अहिले जहाँ सुविधा हुन्छ त्यहाँ मात्र शिक्षाको पहुँच भएको देख्न सक्छाैं । तर वास्तविकता अलि फरक छ जहाँ सुविधा छैन त्यहाँ पनि हामी शिक्षाको पहुँच पुर्याउन सक्छाैँ । यसका लागि समाज र देश लगायत सबैले यसमा कार्य गर्नुपर्छ । नेपाल एउटा सुन्दर मुलुक भएपनि सम्पन्न राष्ट्र बन्न सकेको छैन । यहाँ सम्पद...